काठमाडौँ, असार १० – प्रमुख राजनीतिक दलका नेताहरुलाई परामर्शका लागि भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास बोलाएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका प्रमुख दलका शीर्ष नेताहरुसँग बुधबार बेलुका पाँच बजेपछि छलफल गर्ने तयारी गरेकी हुन् ।
त्यसका लागि दलका नेताहरुलाई राष्ट्रपतिका तर्फबाट निम्तो गएको शीतल निवासले जनाएको छ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ नेकपा भित्रै र अरु राजनीतिक दलबिच पनि विवाद कायम रहेका बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।
-narayanionline