Home चितवन विशेष भरतपुर प्रयोगशालामा थप ५ जना कोरोना संक्रमीत भेटिए

भरतपुर प्रयोगशालामा थप ५ जना कोरोना संक्रमीत भेटिए

0

चितवन , असार १० – चितवन स्थित भरतपुर अस्पताल कोभिड – १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । मङलबार प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा तनहु , नबलपरासी र चितवनका गरि थप ५ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । प्रयोगशालामा प्राप्त भएको १२१ नमुना मध्ये देवघाट ५ तनहुँका २३ बर्षका पुरुष १जना , गैंडाकोट-१ नवलपुरका ३३ वर्षका र ५१वर्षका महिला २जना , गैंडाकोट १२ नवलपुरका ५६ वर्षका महिला १जना र चितवन कालिका नगरपालिका ३ का ३९ वर्षका पुरुष १ जना गरी जम्मा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको भरतपुर अस्पतालले जनाएको छ । चितवनमा मङलबार नै कोरोना संक्रमित भरतपुर अस्पतालमा उपचारमा रहेका २२ जना कोरोना मुक्त भएका थिए ।