होमपेजचितवन विशेषनारायणगढ बजारका घर धनिले लकडाउन अबधिको घर भाडा छुट दिदै

नारायणगढ बजारका घर धनिले लकडाउन अबधिको घर भाडा छुट दिदै

चितवन , असार ९ – लकडाउनका कारण चिन्तित बनेका नारायणगढका व्यवसायीले राहत महशुस गरेका छन् । चैत्र ११ गतेदेखि भएको बन्दाबन्दीले प्रत्यक्ष मारमा परेका व्यवसायीहरुलाई ३ महिनाको घर धनीले ३३ देखि ५० प्रतिशतसम्म छुट दिने भएपछि उत्साहित बनेका छन् ।
व्यावसायी एव्म नारायणगढ बजारका घर धनी दिनेश चुकेले बजारको मूख्य बजारमा रहेका सटरलाई चैतदेखि जेठसम्मको भाडामा ३३ प्रतिशत भाडा छुट दिने निर्णय भएको जानकारी दिनुभयो ।
त्यस्तै बजारको भित्री सडकको खण्डमा पर्ने सटरको ३ महिनाको भाडामा ५० प्रतिशत छुट दिने निर्णय भएको चुकेले बताउनुभयो । ‘लकडाउनको अवधिमा व्यवसायीहरुको समान मुसाले नष्ट गरेको अवस्था छ, उहाँले भन्नुभयो,‘लकडाउनको समयमा व्यवसायीहरुलाई ठूलो घाटा परेको छ । व्यवसायीलाई अप्ठ्यारो परेका बेला घरधनीले मर्का बुझ्नुपर्छ ।’
आफ्नो समूहको मातहतमा रहेका ७० भन्दा बढी सटरमा छुट दिने निर्णय भएको चुके बताउँनुहुन्छ । कोभिड–१९ को महामारीका कारण विश्वको अर्थतन्त्रनै डामाडोल छ, चुकेले भन्नुभयो,‘अन्य घर धनी साथीले पनि सटर भाडामा छुट दिनुपर्छ । यसो गर्दा व्यावसायीलाई थोरै भएपनि राहत मिल्छ ।’
केही दिनदेखि घरधनीले स्वघोषणा गरेर केही छुट दिन थालेका छन् । उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष महेन्द्रलाल प्रधान घरधनी पनि हुन् । उहाँले मेनरोडमा रहेका घरमा व्यवसाय गर्ने व्यवसायीलाई ५० देखि ६६ प्रतिशतसम्म छुट दिने स्वघोषणा गरेका छन् । “व्यवसाय नै नचलेको बेला केही राहत होस् भनेर छुट दिन लागेको हुँ”, उनले भने, “व्यवसायी बाँचे हामी बाँच्ने हो, योबेला सक्दो सहयोग सबैले गर्दा राम्रै हुन्छ ।’
उद्योग वाणिज्य संघ चितवनले घर धनीलाई लकडाउनको समयमा व्यवसायीलाई छुट दिन आह्वान गरेको छ । संघका अध्यक्ष राजु श्रेष्ठले छुट दिने विषयमा घरधनीसँग दैनिक जसो परामर्श गरिरहेको स्रोत बताउँछ । केही घरधनीले लकडाउनकै समयमा सटरभाडा मागेपछि व्यवसायीहरुले त्यही समयमा पसल खेलेका थिए । लकडाउनको समयमा पसल खोल्ने केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नारायणगढ बजारमा भाडा छुट दिने लहर चलेपनि हाकिमचोक, टाँडी बजार लगायतका अन्य ठाँउको बजारमा घरधनीले छुट दिने घोषणा गरेका छैनन । यस स्थानका व्यवसायी भने अहिले पनि चिन्तित छन् ।
नारायणगढका फेन्सी व्यवसायी हरि अर्यालले घरधनीले भाडा छुट गरेर केही रहात महशुस भएको बताउनुभयो । अर्यालले घरधनीले व्यवसायीलाई व्यवसाय गर्ने वातावरण मिलाएर आर्थिक कृयाकलापमा वृद्धि गर्नुपर्ने बताउँनुहुन्छ ।
नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका सल्लाहकार प्रभात ढुंगानाले पछिल्ला दिनमा स्वघोषणा गरेर छुट दिने क्रम बढे पनि सबै व्यवसायी लाभान्वित हुन नसकेको बताउनुभयो । “घरधनीले स्वतफूर्त भाडा छुट दिन थाल्नुभएको छ, तर धेरै अन्यौलमै छन”, उहाँ भन्नुहुन्छ, “लकडाउन लम्बिँदै जाँदा छुट कसरी दिने लिने भन्ने एकिन गर्न गारो छ ।” उहाँले लकडाउन अवधिको बहाल करमा छुट दिएर सबै व्यवसायीलाई भाडा छुट दिने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो।

भरतपुर महानगरपालिकाले लकडाउन अवधिमा भाडा नलिने घरधनीले सो अवधिको कर तिर्नुनपर्ने व्यवस्था गर्न तयार रहेको जनाएको छ ।
– खबर प्रवाह बाट

ताजा समाचार