होमपेजताजा समाचाररामदेबको कोरोना औषधि प्रचारप्रसारमा रोक

रामदेबको कोरोना औषधि प्रचारप्रसारमा रोक

चितवन , असार ९ – भारत सरकारले बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना औषधि ‘कोरोनिल’को प्रचारप्रसारमाथि रोक लगाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार आज भारतको आयुष मन्त्रालयले रामदेवको सो कम्पनीले ल्याएको कोरोनिल औषधिको प्रचारप्रसारमा रोक लगाएको हो ।
मन्त्रालयले अहिलेसम्म कोरोनाको कुनै औषधि नबनेकाले पतञ्जली आयुर्वेद लिमिटेडले कोरोनाको औषधि भनेर ल्याएको ‘कोरोनिल’माथि तत्काल प्रतिबन्ध लगाइएको जनाएको छ ।
मंगलबार पतन्जली योगपिठले हरिद्वारमा गरेको एक कार्यक्रममा रामदेवले कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका २ औषधि सार्वजनिक गरेका थिए । यो औषधिले कोभिड-१९ का बिरामी निको हुने कम्पनीले दाबी गरेको थियो ।
क्लिनिकल ट्रायलका क्रममा दुबै औषधिले बिरामीलाई सतप्रतिशत सकारात्मक प्रभाव पारेको कम्पनीको दाबी छ ।

ताजा समाचार