होमपेजचितवन विशेषचितवनमा बिना स्वीकृति रेष्टुरेन्ट तथा होटलहरु संचालन नगर्न प्रशासनको निर्देशन

चितवनमा बिना स्वीकृति रेष्टुरेन्ट तथा होटलहरु संचालन नगर्न प्रशासनको निर्देशन

चितवन ,असार ९ – जिल्ला प्रशासन कार्यालय चितवनले विना स्वीकृति रेष्टुरेन्ट तथा होटलहरु संचालन नगर्न निर्देशन दिएको छ ।
आज मंगलबार सूचना जारी गदैै विना स्वीकृति रेष्टुरेन्ट तथा होटलहरु संचालन गर्न नपाइने निर्देशन दिएको हो । प्रशासनले जारी गरेको सुचनामा यदि होटल संचालन गरेको पाईएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ । क्वारेन्टिन सेवा र टेकअवे सेवा दिन इच्छुक होटलहरुले भने जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिएर मात्र संचालन गर्न पाइने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनु भयो । कोरोना संक्रमणको जोखिम नहुने गरी स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरेर त्यस्तो सेवा दिन चाहने इच्छुक रेष्टुरेन्ट तथा होटलहरुले सामाजिक दुर लगायत सुरक्षाको पालना गर्ने मापदण्डसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन प्राप्त हुन आएमा निर्णय तर्फ उचित विचार हुने सूचनामा उल्लेख छ । चितवनमा केही दिन यता होटलहरु संचालन भएको भएपनी सामाजिक दुरि र मापदण्ड पूरा नभएको गुनासो आएको थियो ।

ताजा समाचार