Home चितवन विशेष चितवनमा २२ जनाले कोरोना जिते , अझै १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने

चितवनमा २२ जनाले कोरोना जिते , अझै १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने

0

चितवन , असार ९ – कोरोना संक्रमण पुष्टी भई भरतपुर अस्पतालमा उपचार गरिरहेका विभिन्न स्थानका २२ जनाले कोरोना जितेका छ्न । विभिन्न मितिमा अस्पतालमा उपचारका लागि आएका र पछिल्लो पटक गरिएको परिक्षणमा नेगेटिभ देखिएपछि उनिहरु लाई आज डिस्चार्ज गरिएको हो । यसरी डिस्चार्ज हुनेहरुमा माडि नगरपालिका बाट ६ जना, कालिका नगरपालिका बाट १ जना, भरतपुर महानगरपालिका बाट ११ जना, कपिलवस्तुबाट १ जना, नवलपरासी बाट १ जना र नवलपुरबाट २ जना गरि २२ जना रहेका छ्न । उनिहरु लाई आवश्यक प्रक्रिया पुरा गरेर डिस्चार्ज गरि १४ दिनको क्वारेनटाइन बस्ने गरि सम्बन्धित निकायका स्थानियका प्रमुख, जनप्रतिनिधि, स्वास्थ्य संयोजकहरु तथा आफन्तहरुको जिम्मा लगाईएको भरतपुर अस्पतालले जनाएको छ । अस्पताल बाट डिस्चार्ज भै जान लागेकाहरु लाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन् डाक्टर श्रीराम तिवारी र माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बिरामीहरुलाई बधाई दिदैं १४ दिनको क्वारेनटाइनमा अनिवार्य बस्नुपर्ने विषयमा परामर्श दिनु भएको थियो । माडी नगरपालिका बाट भरतपुर आएर उपचार गरिरहेका बिरामी लाई लैजान मेयर प्रमुख ढ्काल लगायतको टिम भरतपुर आएको हो ।