होमपेजताजा समाचारक्वारेन्टिनमा बच्चा जन्मियो

क्वारेन्टिनमा बच्चा जन्मियो

चितवन , असार ९ – डोटीको दिपायल सिलगढीमा क्वारेन्टिनमै शिशु जन्मिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ को कालिका आधारभुत विद्यालयमा रहेको क्वारेन्टिनमा शिशु जन्मिएको हो । भारतको शिखरमा रोजगारी गर्दै आएका खगेन्द्र विककी श्रीमति सरस्वती विकले बच्चा जन्माएकी हुन् ।

सरस्वतीले छोरा जन्माएको वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिएका छ्न । सोमबार राती शिशुलाई जन्म दिएकी महिला र उनका श्रीमान जेठ १८ गतेदेखि क्वारेन्टिनमा आदै आएका छन् । योभन्दा अघि पनि सोही वडाको देवी माध्यामिक विद्यालयको क्वारेन्टिनमा पनि एक महिलाले शिशु जन्माएकी थिईन् ।

-khabarkunja

ताजा समाचार