होमपेजचितवन विशेषप्रदेश सांसद् भुर्तेलको निर्वाचन क्षेत्रमा ४६ वटा योजना

प्रदेश सांसद् भुर्तेलको निर्वाचन क्षेत्रमा ४६ वटा योजना

चितवन , असार ९ – चितवन क्षेत्र ३ (क) बाट निर्वाचित बागमती प्रदेशका सांसद् कृष्णप्रसाद भुर्तेलको निर्वाचन क्षेत्रमा बागमति प्रदेशबाट आर्थिक वर्ष २०७७/७८ का लागि ४६ वटा योजना स्वीकृत भएका छन् ।

भरतपुर महानगरपालिकाको वडा नं. ९ गोन्द्राङदेखि मेघौलीसम्म रहेको उनको निर्वाचऩक्षेत्रमा विद्यालयको भवन निर्माण, सडक कालोपत्रे,पुल निर्माण लगायतको क्षेत्रमा बजेट विनियोजन भएको छ ।

साँसदले पाउने विकास बजेट र अरु पहल कदमीबाट आफ्नो क्षेत्रमा यतिका बजेट पार्न सकिएको भुर्तेलको भनाइ छ ।‘जनताको चाहनापनि पूर्वाधार निर्माणमा धेरै रहेकाले सोही अनुरुप कार्यक्रममा बजेट लगाइएको छ’ उनले भने ।

उनी मार्फत आएको रकम भरतपुर महानगरपालिकाको कार्यालयबाट जाने गरेको छ ।विकासका योजना तथा कार्यक्रमको महानगर र प्राविधिक कार्यालयले अनुगमन तथा निगरानी गर्ने काम गर्दछ ।

प्रदेशका सांसद् भुर्तेलको अनुसार बाग्मती प्रदेशबाट नारायणी लिफ्टको पुन र्स्थापना तथा आधुनिकीकरनको लागि रु १ करोड ८० लाख विनियोजन भएको छ ।भने भ मा न पा २६,२७ र २८ -सिमरी टाउन, भगडी, मगनी हुँदै नमुना चोक सम्मको सडक कालोपत्रे रु १ करोड १० लाख विनियोजन भएको छ ।

यस्तै भरतपुर २७ पर्साढाप थारुगाउबाट ढेबौली जाने बाटोमा पुल निर्माण रु १ करोड,भरतपुर २७ धर्मपुर देखी लेबरनगर जनेबाटो कालोपत्रे रु ३४ लाख विनियोजन भएको छ ।

यसै गरी भ म न पा २६ र २७ सिमाना तिनकुले पक्किपुल निर्माण रु २५ लाख,भ न पा २८ माझटहरा घोल र भ म न पा २७ राम थापाको घर पछाडिको घोल कल्भट निर्माण रु २५ लाख, यस्तै भ म न पा २५ र २७ अर्न्तगत पर्ने धर्मपुर लेबरगर सिंचाइ योजनाका निम्ती रु २० लाख विनियोजन भएको छ ।

प्रदेशका सांसद् भुर्तेलको अनुसार भ म न पा २७ जानकी मा बि मेघौलीमा घेराबार निर्माण रु १५ लाख,भ म न पा २८, रामपुर मेघौली (भंगाहा जितपुर) सडक कालोपत्रेका निम्ती सडक बिभाग अन्तर्गत निर्माण हुने गरी रू ४० ,यस्तै नारायणी लिफ्ट सिंचाइ प्रणाली रु ९० लाख र नारायणी लिफ्ट सिंचाइ प्रणाली ब्ल्क-२ लन्कुका निम्ती १३ लाख विनियोजन भएको छ ।

भमनपा २० चनौली अमृतनगर जानेबाटो, दद्रहानी मुलबाटोमा पक्किपुल निर्माणका लागी रु २५ लाख, यस्तै भमनपा २० आनन्द चोक देखी दद्रहानी शिबालय मन्दिर सम्म सडक कालोपत्रेका निम्ती रु ५० लाख, भरतपुर-२० कै दद्रहानी शिवलय मन्दिरदेखी रामकुमार श्रेष्ठको घर हुँदै ईन्द्रमणी ढकालको घरसम्म उच्च स्तरिय ग्रावेल तथा कल्भट निर्माण रु ५० लाख, भमनपा २० लालसम चोकबाट फलेनी गाउजाने बाटो रु २० लाख भमनपा २०,चन्द्रनगर, घिमिरे चोक देखी स्वामिचोक सम्म कालोपत्रे रु २० लाख, भरतपुर २० कै भिमनगर चोकबाट भरतपुर १९ वडा कार्यालय अगाडीबाट जाने बाटो कालोपत्रे रू ४० लाख, भमनपा १६ धोद्रेसिमल काभ्रेघाट नर्सरी चोकदेखी शरणपुर चोक गणेश मन्दिरसम्म सडक निर्माणका निम्ती रु १५ लाख विनियोजन भएको छ ।

भमनपा ६,को जनकल्याण मार्ग पारसनगर चोकबाट बिष्णुपुर सम्मको सडक रु ३० लाख यस्तै भ म न पा ६, खम्बसिङ धिराकुमारी मार्गका लागी रु ५ लाख, भमनपा ६, केरुङ खोलामा कल्भट निर्माण रु २८ लाख, भमन पा ६, कृष्णदासको घरबाट खगेरी नहर सिर्जनशिल चोक पूर्व जङ्ल सिमान बाटो कालोपत्रे रु २५ लाख विनियोजन भएको छ ।

भमनपा १६ मगर गाँउ चक्रेश्वोर महादेव मन्दिर देखी बिपस्यना ध्यानकेन्द्र सम्मको बाटो कालोपत्रेका लागी रु ३३ लाख, भरतपुर १६ कै प्रगती चोक देखी नारायण चोक हुँदै मगर गाँउ जोड्ने सडक कालोपत्रे रु २५ लाख यसै गरीभ न पा १९ को तमाङ गाउदेखी उतर तर्फ सडक जोडने बाटो कालोपत्रे रु ७० लाख साथै भमनपा १९, रामपुर मेघौली सडक उत्तरतर्फ चन्द्र सुब्बाको घर माझघरे टोल र सिङराज गुरुङ्को घरटोलमा सडक कालोपत्रे रु २५ लाख विनियोजन भएको छ ।

भ न पा १५, देवी चोकबाट डेरिचोक सम्म सडक कालोपत्रे रु २५ लाख,भ म न पा ६ र १३ को सिमान जुल्केनी चोकदेखी महाजन चोक सडक कालोपत्रे रु ३० लाख, भमनपा १८,रार्इगन्ज हरी अधिकारीको घरबाट बाबुराम चोक सम्म कालोपत्रे रु ३० लाख विनियोजन भएको छ । भमनपा १८ रामकृष्ण पंडितको घरदेखी सालीकराम पौडेलको घर हुँदै भुवनबस्ती बिद्यालय सम्म सडक कालोपत्रे रु ४० लाख भमनपा १५, एकता चोक देखी उत्तर तर्फ शिवचोक सम्म सडक कालो पत्रे रु ४० लाख, भरतपुर २५ र २७ सिमानामा राधेश्याम चोक,लार्के चोक हुँदै पश्चिम चन्द्रबहादुर चोक सम्म सडक कालोपत्रे रु २० लाख विनियोजन भएको छ ।

केरुङ घोल भूमिगत नाला निर्माण रु ३० लाख, भगडी मौजा सिचाइ योजना रु १० लाख,गौतम आधारभुत बिध्यालय भबन निर्माण रु ४० लाख, भरतपुर १८ स्थित गुरुकुल संस्कृत बिद्यालय छात्राबास भवन निर्माण रु ५० लाख,सरदपुर मा बि भरतपुर भवन निर्माण रु ५० लाख, ज्ञानेश्वर शिवालय सानोगढीमा सांकृतिक भवन निर्माण रु ३० लाख, भरतपुर १७ स्थित मजुवा सामुदायिक बन क्षेत्र भित्र गैडा वासस्थानको लागी पोखरी निर्माण रू १५ लाख विनियोजन भएको छ ।

यस्तै शसर्त अनुदान तर्फ स्थानिय तहमा अस्पाताल/ स्वास्थ्य चौकी भवन निर्माण अनुदान तर्फ मेघौली हेल्थपोष्ट रु ६० लाख,रामपुर मा बि भरतपुर १७ र राष्ट्रिय मा बि सोशी भरतपुर २५ लाइ पूर्वधार निर्माण रु २० लाख, नेपालकै पहिलो सहकारी बखान सहकारी भरतपुर १९ लाइ रु २० लाख विनियोजन भएको छ ।

यस्तैसमपुरक अनुदान तर्फ भरतपुर २६ अन्जन ताल सिमरी टाउन सडक कालोपत्रे रु ९९ लाख ५८ हजार विनियोजन भएको छ भने बहुबर्षिय योजना तर्फ मेघौली राइनो पार्क निर्माण र भौतीक पुर्बाधार तथा यातायात मन्त्रालयको तराई मधेश सडक पुर्बाधार बिशेष कार्यक्रम अन्तरगत भ.म. न.पा-२७ को बेथरी खोला मा पुल ,तेलौली पुल चोक देखी गौतमनगर जोडने बाटो कालोपत्रे (पिच) र भ.म.न.पा -२८ मा रामपुर गोलाघाट सडक अन्तरगत भंगाहा देखी कमु चौधरीको घर सम्मको बाकी खन्ड कालोपत्रे (पिच) लगायतका योजनाहरू परेको कुरा माननिय सांसद कृष्ण भुर्तेलले जानकारी दिएका छन ।

– Meghauli post

ताजा समाचार