होमपेजताजा समाचारक्वारेन्टाइन बाट घर गएका एक युबकको मृत्यु

क्वारेन्टाइन बाट घर गएका एक युबकको मृत्यु

चितवन , असार ९ – कैलालीमा क्वारेन्टाइन बाट घर गएका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको सोमबार साँझ मृत्यु भएको हो।

उनलाई आइतबार मात्रै क्वारेन्टाइन बाट घर पठाईएकोमा वडा नम्वर ५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

उनका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टाइन बाट घर पठाईएको थियो। मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षणको तयारी भईरहेको र शव सुरक्षित व्यवस्थापन गरिने बताए।

ताजा समाचार