Home चितवन विशेष चितवनको माडीमा बिपन्न चेपाङ बालबालिकालाई झोला बितरण

चितवनको माडीमा बिपन्न चेपाङ बालबालिकालाई झोला बितरण

0

चितवन , असार ८ – वैदेशिक रोजगारको लागि हाल जापानमा रहनुभएका भरतपुर महानगरपालिका पालिका वडा नं ४ निवासी डम्मर थापा र माडी ७ निवासी नारायण सापकोटाको सहयोगमा माडी नगरपालिका वडा नं ७ को परुइ खोला किनारमा बसोवास गरेका ४० जना चेपाङ बालबालिकाहरुलाई स्कुल झोला बितरण गरिएको छ ।
झोला वितरण कार्यक्रममा बोल्दै माडी नगरपालिकाका नगर उप प्रमुख ताराकाजी महत्तोले चेपाङ परिवारको समस्यमा सहयोग गर्ने सहयोगीहरुप्रति धन्यवाद ज्ञापन गर्दै माडी बासीको दुःख पीडामा नगरपालिकाले सँधै साथ दिने बताउँनुभयो ।
कार्यक्रममा सामाजिक अभियन्ता श्रीप्रसाद दवाडी, स्थानिय अगुबा शिब बराल,वडा सदस्य जगन्नाथ लामिछाने, लगायतको उपस्थिति रहेको थियो ।
सहयोगको झोला ग्रहण गर्दै कमल चेपाङले विपत्तिको बेलामा सहयोग गर्ने सहयोगीहरुप्रति चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । माडीको त्यस क्षेत्रमा बसोबास गर्ने बिपन्न चेपाङ परिवारहरुका लागि खाद्यान्न, लत्ताकपडा, खानेपानीको समस्या रहेको सोही ठाउँमा बसोबास गर्ने छवि चेपाङले बताउनुभयो । चेपाङ परिवार गतवर्षको बाढीले घरबास बगाएपछि माडी नगरपालिकाको समन्वयमा माडी ९ कुसुम खोलाबाट आएर सो स्थानमा बसोबास गरेका हुन् ।