होमपेजचितवन विशेषचितवनको माडीका लागि प्रदेश सरकारको बजेट , कुन योजना कहाँ पर्यो

चितवनको माडीका लागि प्रदेश सरकारको बजेट , कुन योजना कहाँ पर्यो

चितवन , असार ८ – बागमती प्रदेश सरकार मार्फत माडी नगरपालिकामा आर्थिक बर्ष २०७७/०७८ मा रु १३ करोड ८७ लाख रुपैंया बराबरका विभिन्न योजनाहरु संचालन हुने भएका छन् । चितवन क्षेत्र नम्बर ३ ख अन्तर्गत पर्ने माडी नगरपालिकामा यहि असार १ गते प्रदेश सभामा विनियोजित बजेट अनुसार उक्त रकम बराबरका योजनाहरु प्राथमिकतामा रहेका हुन् ।

विनियोजित बजेट अनुसार माडी क्षेत्रमा बन्यजन्तु द्वन्द व्यवस्थापनका लागि निजि ,सार्वजनिक तथा नदि उकास जग्गामा जडिबुटी खेतीका लागि रु ३० लाख,सामुहिक खेतीको निरंरताको लागि रु ३० लाख,रिउ नदि नियन्त्रण गुरुयोजना अन्तर्गत सिचाई एवं नदि नियन्त्रण सम्बन्धि अनुसन्धान तथा परामर्शको लागि रु २० लाख ,बाँदरमुढे खोला कल्याणपुर बजार हुँदै शिवराजपुर जोड्ने सडकको लागि रु १० लाख,गर्दी र बघौडा खानेपानी आयोजनाको लागि समान रु ९०/९० तथा कल्याणपुर खानेपानी आयोजनाको लागि रु ३० लाख रुपैंया बिनियोजन गरिएको छ । त्यस्तै मुगई सिचाई आयोजनाको लागि रु ३ करोड ,राधापुर सहरी स्वास्थ्य क्लिनिकबाट सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट छरछरे सम्मको बाटो कालो पत्रे गर्ने कार्यका लागि रु ५ लाख ,सोमेश्वरगढी जाने सडकमा ढल निर्माणका लागि रु ३७ लाख,माडी नगरपालिका २ पर्सा चोक देखि पुर्व बैराठ जाने सडकको कालो पत्रेका लागि रु ३० लाख ,घाँघर सिचाई आयोजनाको लागि रु ५ लाख रुपैंया ,घाँघर खोला नियन्त्रण कार्य अन्तर्गत माडी ८ र ९ मा अनार घाँघर सिचाई योजनाको लागि रु ४० लाख बिनियोजन भएको छ।

साथै रिउ खोला नियन्त्रण र करिडोर निर्माणका लागि रु १ करोड,रिउ बगाई सिचाई योजनाको मर्मत कार्यका लागि रु २० लाख,माडी नगरपालिका २ मा चिताई सिचाई आयोजनाको लागि रु १ करोड,माडी ४ मा रहेको रेडहिल पार्कमा पिकनिक स्थल निर्माणका लागि रु ३० लाख ,पुष्पमदन बाटिकाको निर्माणको लागि ४० लाख,माडी नगरपालिका २ मा सहिद पार्क निर्माणका लागि रु २५ लाख,माडी ८ खरकट्टा र शिवाद्वारमा खानेपानी आयोजना संचालनको लागि रु ५० लाख,माडी नगरपालिका ३ मा बहुबर्षीय क्रमागत अन्तर्गत कभर्ड हाल निर्माण कार्यका लागि रु ३ करोड बिनियोजन भएको चितवन क्षेत्र नम्बर ३ ख का प्रदेश सांसद रामलाल महतोले जानकारी दिनु भयो।
– सामुदायिक रेडियो माडी

ताजा समाचार