होमपेजताजा समाचारनेपालमा आज ५ सय ३५ कोरोना संक्रमीत थपिए

नेपालमा आज ५ सय ३५ कोरोना संक्रमीत थपिए

चितवन , असार ८ – नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको भएर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ७० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ८९ पुग्यो भने क्वारेन्टिनमा ९९ हजार ७ सय ३० जना रहेका छन् ।हालसम्म पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ र आरडीटी विधिबाट २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको छ ।

ताजा समाचार