होमपेजचितवन विशेषचितवनमा थप ५ जनामा कोरोना पुष्ठि

चितवनमा थप ५ जनामा कोरोना पुष्ठि

चितवन , असार ८ – चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । चितवनको भरतपुर स्थित कोभिड १९ प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । संक्रमितहरुमा माडी नगरपालिका वडा नं. २, ५, ६ र ८ का एक–एक जना रहेका छन् । उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन् । यसैगरी थप संक्रमितहरुमा भरतपुर महानगरपालिका वडा नं. २८ का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।भरतपुरमा पछिल्लो पटक कूल २७० जनाको नमुना परीक्षण गरिएकामा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना पुष्टि भएको हो । चितवनमा अहिले सम्म ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ताजा समाचार