होमपेजताजा समाचारकोरोना संक्रमीत क्वारेन्टाइन बाट भागे पछि खैलाबैला

कोरोना संक्रमीत क्वारेन्टाइन बाट भागे पछि खैलाबैला

चितवन , असार ७ – कैलालीको गोदावरी नगरपालिकामा कोरोना पोजेटिभ देखिएका ३ जना क्वारेन्टाईनवाट भागेका छन् । वडा नं ३ मा रहेका ग्वासी माध्यामिक बिधालयमा रहेका सोही वडाका ३ जना कोरोना संक्रमित क्वारेन्टाईनवाट भागेका हुन् ।

कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइकमा छुट्टै राखिएका एक जना बृद्धा , एक बालक र एक पुरुष भागेका बताइएको छ । यस बिषयमा बुझ्दा गोदावरी ३ का वडा अध्यक्ष मोहन बहादुर खत्रीले क्वारेन्टाइवाट भागेको ३ जना घर पुगेको बताए ।

उनीहरु मध्ये एक जना पुरुषलाई घरवाट फिर्ता ल्याएर नबज्योती स्कूलको आइसोलेसनमा राखिएको उनले बताए । बृद्ध र बालकलाई भने आइसोलेसनमा बस्न आग्रह गर्दा पनि नमानेको उनले बताए ।

उनीहरुलाई आइसोलेसनमा बस्न धेरै आग्रह गरे तर मान्नुहुन्न उनले भने अहिले पनि आइसोलेसनमा राख्ने प्रयास गरिरहेका छौ । आफुहरुको उचित ब्यबस्थापन नगरेको भन्दै उनीहरु भागेको बताइएको छ ।
– गोदाबरी एफ एम

ताजा समाचार