चितवन , असार ७ – जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन चितवनबासी लाई आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालयद्वारा आईतबार जारी गरेको सूचनामा भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको हो ।
सुचनामा आम सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक राती १० बजेदेखि बिहान ५ बजेसम्म हिड्डुल नगर्न अनुरोध गरिएको छ ।
घर बाहिर आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा तथा सामान खरिद बिक्री सेवा प्रवाह गर्दा अन्य व्यक्तिसँग कम्तीमा दुई मिटरको दूरी काम गर्नका लागि सचेत गरिएको छ ।
प्रशासनले समय समयमा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्न, निजी सवारी साधन (मोटरसाईकल समेत) संचालन गर्दा अनिवार्य रुपमा जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न सूचित गरेको हो । त्यसैगरी आज जारी सुचनामा विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत नगरी नहुने सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु न्यूनतम सामाजिक दूरी काम गरी १५ जनाभन्दा बढी व्यक्ति भेला नभई सम्पन्न गर्न, उद्योग कलकारखान तथा विकास निर्माणका काम संचालन गर्दा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी व्यक्तिहरु जम्मा नहुन पनि अनुरोध गरिएको छ ।