होमपेजचितवन विशेषचितवनमा लागुऔषध सहित पाँच जना पक्राउ

चितवनमा लागुऔषध सहित पाँच जना पक्राउ

चितवन , असार ७ – जिल्ला प्रहरी कार्यालय चितवन बाट खटिएको प्रहरीको टोलिले भरतपुरमा लागू औषध सहित ५ जना लाई पक्राउ गरेको छ । लागु औषध ओसार-पसार बिरुद्ध चलिरहेको अप्रेसनको क्रममा प्रहरीको टोलीले गोप्य सुचनाको आधारमा भरतपुर महानगरपालीका वडा नं २ बिक्रम मार्ग बाट पक्राउ गरेको हो । सो स्थानको सडकमा ना ४ प ४४३९ नं बोलेरो चेकजाँच गर्ने क्रममा उक्त बिलेरोमा सवार भ.म.न.पा. ४ बाह्रघरे बस्ने बर्ष २१ को अनुज भन्ने भुदत्त परियारले निजको साथमा लुकाई छिपाई ल्याएको लागुऔषध फेनेरागन २५५ थान, नोफिन २५५ थान, र डिजेपाम २५५ थान फेला पारेको प्रहरी ले जनाएको छ । सोधपुछको क्रममा उक्त लागुऔषध भरतपुर ३ नगरवन बस्ने बर्ष २२ को अविनाश बोटे, भरतपुर २१ बस्ने बर्ष २६ को आशिष थापा सोही स्थानकी बर्ष २२ कि कञ्चन उपरकोटी र जिल्ला नवलपरासी (वर्दघाट सुस्ता पुर्व) गैडाकोट वडा नं. १६ बेल्डिया बस्ने बर्ष १९ कि बविता महतो समेतको संलग्नतामा कारोवार भएको जनाइएको छ । लागू औषध कारोबारमा सङ्लग्न समेतलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट अनुमती लिई अनुसन्धान कार्य भैरहेको प्रहरीको प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्लामा भैरहेको अपराधीक क्रियाकलाप र लागू पदार्थको कारोवार गर्ने आपराधिक समुह पक्राउ सफल रहेको प्रहरीको दाबी रहेको छ ।

ताजा समाचार