होमपेजसमाचारआज थपिए ३३१ कोरोना संक्रमीत , संक्रमितको संख्या ८ हजार ६ सय...

आज थपिए ३३१ कोरोना संक्रमीत , संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

चितवन , असार  ६ – नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

थप १७८ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै एक हजार ५८८ निको भएका छन् । रेड जोनमा ५०६ जना पुगेको छ । शनिबार तीन जना रेड जोनमा परेका छन् । पछिल्लो २४ घण्टामा सात हजार ४१६ नमूनाको पीसीआर टेस्टमा कोरोना पुष्टि भएको हो ।

काठमाडौँमा थप एक महिला सङ्क्रमित भएका छन् । भक्तपुरमा सातजना महिलालाई पनि कोरोना भएको छ ।

ताजा समाचार