होमपेजसमाचारपहिले आफ्नै बहिनीको बलात्कार त्यसपछि आत्महत्याको प्रयास

पहिले आफ्नै बहिनीको बलात्कार त्यसपछि आत्महत्याको प्रयास

बैतडी, असार ६ – बैतडीको मेलौली घर भएका वीरेन्द्र लुहार (दयाल) कञ्चनपुर स्थित आफ्नो फुपुको घरमा बस्दै आएका थिए । उनले फुपुकै ९ वर्षीया छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । २२  वर्षीय दयालले आफ्नै बहिनीलाई बलात्कार गरेपछि आत्महत्याको प्रयास समेत गरेको उनका आफन्तले बताए ।

उनले भने ‘वीरेन्द्रले बालिकालाई बलात्कार गरेर राति नै भागेछ, हामीले रातभरि उसलाई खोज्यौँ, तर कही भेटेनौँ, तर घटनाको दोस्रो दिन शुक्रबार घरमै आएर आत्महत्याको प्रयास ग¥यो ।’  बुधबार सबै सुतेका बेला ती बालिका रोईकराई गरेपछि सबै उनी सुतेको ठाउँमा गएर सोधपुछ गरेका थिए । सोही क्रममा उनले आफुमाथि बलात्कार भएको बताएकी थिइन ।

पिडितका आफन्त भन्छन्, ‘हामीले बालिकामाथि भएको आपराधिक घटनाका दोषीलाई रातभर खोज्यौँ, युवक नांगै भागेका रहेछन्, भोलिपल्ट आत्महत्याको प्रयास गर्दा प्रहरीलाई बुझायौँ ।’ घटनापछि कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले घटना निन्दनीय भएको र दोषीमाथि कानुन अनुसार कारबाही हुनुपर्ने माग गरेकी छिन् ।

उनले लकडाउनको मौका छोपी युवकबाट बालिका, युवती र महिला बलात्कारको सिकार भइरहेको भन्दै यस्ता घटना रोकथाम गर्न माग गरिन । उता कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए । (खबर कुन्ज)

ताजा समाचार