होमपेजचितवन विशेषचितवनको माडी बिपन्न बस्तीमा झुल बितरण

चितवनको माडी बिपन्न बस्तीमा झुल बितरण

चितवन , असार ६ – चितवनको माडी नगरपालिका वार्ड नम्बर ७ देबेन्द्रपुर परुई खाेला छेउमा रहेको बिपन्न चेपाङ बस्तिमा शनिबार झुल बितरण गरिएको छ । माडी नगर पालिका वार्ड नम्बर ९ कुसुमखाेला बाट आएर परुइ खोला छेउ बस्तै आएका ५५ घर परिबार चेपाङ सुकुम्बासीहरुलाई ११० झुल वितरण गरिएको हो । एक परिवार लाई दुई थानका दरले उपलब्ध गराइएको झुल बितरण कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल , सामाजिक अभियन्ता श्रीप्रसाद दवाडी जनप्रतिनिधि राम बहादुर क्षेत्री , जगन्नाथ लामिछाने लगायतको सहभागीता रहेको थियो । भरतपुर घर भै वैदेशिक रोजगारीको सिलशिलामा जापानमा रहनु भएका डम्बर थापाको करिब ३० हजार रकमले बिपन्नहरु लाई झुल उपलब्ध गराइएको कार्यक्रम संयोजक नारायण सापकाेटाले बताउनु भयो । हाल उक्त सुकुम्बासी बस्तीमा खानेपानी , खाध्यान्न , लत्ता कपडा लगायत दैनिक उपभोग्य सामानको समेत अभाब भएको छ ।

ताजा समाचार