होमपेजचितवन विशेषनवलपरासीका थप ५ जना पुरुषमा कोरोना संक्रमण देखियो

नवलपरासीका थप ५ जना पुरुषमा कोरोना संक्रमण देखियो

चितवन , असार ६ – चितवन भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा नबलपरासीका ५ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । चितवन र नवलपरासीका विभिन्न स्थान बाट ल्याइएका १५१ नमुना मध्ये नवलपरासीका ५ जना पुरुषमा कोरोना पुष्ठि भएको हो । प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा मध्यविन्दु नगरपालिका १४ नवलपुर वस्ने वर्ष २५ र वर्ष ४५ का पुरुष,देवचुली १ नवलपुर वस्ने वर्ष १९ का पुरुष,विनयत्रिवेणी २ नवलपुर वस्ने वर्ष २१ का पुरुष र देवचुली ७ नवलपुर वस्ने वर्ष २९ का पुरुष सहित जम्मा ५ जनामा कोभिड-१९ पुष्टी भएको भरतपुर अस्पतालले जनाएको छ । शुक्रबार प्रयोगशालामा भरतपुर अस्पताल बाट २८ , गुन्जमान अस्पताल वाट ७ ,सी.एम.सी अस्पताल बाट १४ , विपी कोइराला क्यान्सर अस्पताल बाट १२ , भरतपुर महानगरपालिका वाट २९ ,विनयत्रिवेणी गाउ पालिका बाट १५ ,देवघाट गाउपालिका बाट ३,मध्यविन्दु नगरपालिका बाट ११ र देवचुली नगरपालिका बाट ३१ वटा नमुना आइ परिक्षण भएको अस्पतालले जनाएको हो ।

ताजा समाचार