होमपेजचितवन विशेषमाडीमा सुकुम्बासी आन्दोलित , उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी

माडीमा सुकुम्बासी आन्दोलित , उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी

 

चितवन , असार ५ – माडी  नगरपालिकाद्वारा वडा नम्बर ७ ८ र ९ का भूमिहीन बस्तीहरुमा सञ्चालित विभिन्न योजनाहरुमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले काम गर्न अवरोध गरेको भन्दै त्यस क्षेत्रका सुकुम्बासी समुदायले शुक्रवार अयोध्यापुरी उपभोक्ता समितिको कार्यालय खरकट्टामा तालाबन्दी गरेका छन् ।

स्थानीय ,प्रदेश र केन्द्र सरकारले आफुहरुको बस्तीको लागि विभिन्न बिकास निर्माणका शीर्षकहरुमा बजेट बिनियोजन गरे तापनि काम सुरु गर्दा लाग्दा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अवरोध बारम्बार अवरोध गर्ने गरेको सुकुम्बासी समुदायका अगुवा छबिलाल चेपाङ्गले बताउनु भयो। उहाँका अनुसार बाँदरझुलामा बाटो स्तरोन्नतिको काम सुरु गर्दा निकुञ्ज कार्यालयले काम रोक्न लगाई जे.सि.बी. फिर्ता पठाई दिएको थियो । साथै कुसुमखोलाबाट बिस्थापित भई माडी ७, ८ र ९ मा बसोबास गरिरहेका चेपाङ समुदायलाइ घर निर्माणमा तथा वागमती प्रदेश सरकारद्वारा निर्माणाधीन माडी ९ को नमुना चेपाङ बस्तीमा बाटो निर्माण कार्यमा रोक लगाएको छ ।

समस्या समाधानका लागि आफुहरु राजकुमार चेपाङको अध्यक्षतामा संघर्ष समिति नै गठन निकुञ्जको हस्तक्षेप बिरुद्द शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताएका छन् । उनीहरुले आफ्नो बस्ती बिकासका काममा निकुञ्ज कार्यालयको अबरोध अन्त्य नहुँदा सम्म आफुहरुको आन्दोलन जारि रहने चेतावनी दिएका छन्।

– सामुदायिक रेडियो माडी

ताजा समाचार