होमपेजताजा समाचारचौबिस घन्टामा थपिए ४ सय २६ संक्रमीत , कोरोना संक्रमितको संख्या ८...

चौबिस घन्टामा थपिए ४ सय २६ संक्रमीत , कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

चितवन , असार ५ – नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना नयाँ कोराना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित अपडेट प्रस्तुत गर्दै पछिल्लो २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

यो संगै हाल सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२७४ पुगेको छ । आज थपिनेमा काठमाडौंका समेत रहेका छन । काठमाडौंका तीन जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका कोरोना संक्रमितमा ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन ।

यस्तै पछिल्लो २४ घण्टामा २१६ जना कोरोना जितेर डिष्चार्ज भएका छन । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या १४०२ पुगेको छ ।

ताजा समाचार