होमपेजचितवन विशेषमलेशियामा ६ हजार बढी नेपाली नेपाल आउने प्रतीक्षामा , चितवनका मात्रै १...

मलेशियामा ६ हजार बढी नेपाली नेपाल आउने प्रतीक्षामा , चितवनका मात्रै १ सय ७ जना

चितवन , असार ५ – रोजगारीको लागि मलेशियामा रहेर विभिन्न समस्यामा परेका ६ हजार भन्दा बढी नेपाली नेपाल फर्कने आशामा बसेका छ्न । बिरामी अशक्त तथा भिसाको म्याद सकिएका नेपालीहरु नेपाल फर्कने आशामा बसेका हुन । मलेशियामा रहेर समस्यामा परेका नेपाल फर्कर्नु पर्ने अबस्थामा रहेका ६६५२ जना नेपालीहरुको मलेसियामा रहेको नेपाली दुताबासले नाम सार्बजनिक गरेको भए पनि कम्पनीले टिकट नदिए पछि उनिहरु चिन्तामा परेका छ्न । कम्पनी बाट रोजगारी गुमिसकेको अबस्थामा नेपाल फर्कन नपाएका धेरै नेपालीहरु समस्यामा परेको चितवन माडी घर भै बिगत ९ बर्ष देखि मलेशियामा रोजगारी गर्दै आएका हरि रानाभाटले बताए । उनले राजदुताबासले जारी गरेको सुचनामा नेपाल फर्कनै पर्ने भएका चितवन जिल्लाका १०७ जना रहेका छ्न । जसमध्ये भरतपुर महानगरपालिका ३६जना , कालिका नगरपालिका १४ जना ,राप्ती नगरपालिका १० जना , रत्ननगर नगरपालिका ८ जना , खैरहनी नगरपालिका १७जना , माडी नगरपालिका १७ जना , इच्छाकामना गाउँपालिका १ जना र स्थानिय निकाय नखुलाइएका ४ जना रहेका छ्न । राजदुताबासले जारी गरेको सुचनामा बिहीबार मलेसिया बाट पहिलो उडान मार्फत ११७ जना नेपाली नेपाल फर्किएको जनाइएको छ ।

ताजा समाचार