होमपेजताजा समाचारनेपालमा आज एकैदिन ६७१ जनामा कोरोना पुष्ठि ,संक्रमितको संख्या ७ हजार ८...

नेपालमा आज एकैदिन ६७१ जनामा कोरोना पुष्ठि ,संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुग्यो

चितवन , असार ४ – नेपालमा बिहीबार एकै दिन ६७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार बिहीबार ६७१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। यो संगै संक्रमितको संख्या ७ हजार आठ सय ४८ पुगेको छ।

बिहीबार मात्र थप दुई जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार यो संगै मृतकको संख्या २२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ५५ हजार ५ सय १८ र आरडीटी विधिबाट दुई लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कोरोना जित्नेको संख्या भने ११ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।

अहिले क्वारेन्टाइनमा एक लाख १६ हजार २ सय १५ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। कोरोना संक्रमण ७७ जिल्लामध्ये ७४ जिल्लामा फैलिएको छ ।

ताजा समाचार