होमपेजचितवन विशेषभरतपुर प्रयोगशालामा थप दुई जनामा कोरोना पुष्ठि

भरतपुर प्रयोगशालामा थप दुई जनामा कोरोना पुष्ठि

चितवन , असार ४ – चितवन स्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा थप दुई जना पुरुषमा कोरोना संक्रमण पुष्ठि भएको छ । प्रयोगशालामा परिक्षणका लागि ल्याइएको नमुना मध्ये चितवन खैरहनी नगरपालिका ११ का २२ बर्षका पुरुष र नबलपरासी गैंडाकोट १३ का २८ बर्षका पुरुष मा कोरोना संक्रमण पुष्ठि भएको भरतपुर अस्पतालले जनाएको छ । बुधबार प्रयोगशालामा पिसिआर परिक्षणका लागि अर्घाखांची ,भरतपुर अस्पताल , बिपि कोइराला क्यान्सर अस्पताल , चितवन मेडिकल कलेज ,
गुन्जमान अस्पताल ,भरतपुर महानगरपालिका ,
गैडाकोट नगरपालिका र खैरहनी नगरपालिकाको गरि जम्मा २१० नमुना मध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार