होमपेजचितवन विशेषअबरुद्ध नारायणगढ - मुग्लिन सड्क एकतर्फी खुल्यो

अबरुद्ध नारायणगढ – मुग्लिन सड्क एकतर्फी खुल्यो

चितवन , असार ४ – बुधबार बिहान मुग्लिन—नारायणगढ सडकखण्डको इच्छाकामना ६ चारकिलो भन्ने स्थानमा पहिरो खसेर अबरुद्ध बनेको सडक राती बाट एकतर्फी रुपमा संचालन आएको छ । पहिरोका कारण अबरुद्ध बनेको सडक दिनभरिको अथक प्रयास पछि करिब १५ घन्टा पछी संचालनमा आएको हो । बर्षाका कारण पहिरो हटाउन समस्या भएको र माथी बाट पहिरो खस्न नरोकिएकाले जोखिम समेत भएको प्रहरीले जनाएको छ । अबरुद्ध सडक साझ एकतर्फी रुपमा सुचारु भएको केहि समयमा पुन अबरुद्ध हुने र खोल्ने काम भएको भए पनि बिहिबार बिहानै बाट एकतर्फी रुपमा गाडीहरु संचालनमा आएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । आज बिहिवार बिहानै बाट सडक दुई तर्फी बनाउन प्रयास भै रहेको र माथी बाट पहिरो झर्ने क्रम रोकिएमा आज साझ सम्म दुई तर्फि सडक खुल्ला हुन सक्ने प्रहरीको भनाइ रहेको छ । यसैबिच पहिरोज गएको स्थानमा यात्राका क्रममा जोखिम रहेकाले यात्रा गर्दा चालक र यात्रुहरू लाई सचेत रहन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

ताजा समाचार