होमपेजताजा समाचारधनगढीमा उपचाररत कोरोना संक्रमित बस चालकको मृत्यु

धनगढीमा उपचाररत कोरोना संक्रमित बस चालकको मृत्यु

शनिवार कोरोना भाइरस पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पताल धनगढीमा  मृत्यु भएको छ।

स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार गरीरहेकोका उनको आज साझ मृत्यु भएको हो।

उनको हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजोदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाईएको थिएन्।

यसअघि उनको नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो। यो संगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ।

ताजा समाचार