होमपेजचितवन विशेषकालीखोलामा पहिरो जादा सडक अबरुद्ध

कालीखोलामा पहिरो जादा सडक अबरुद्ध

  1. चितवन, असार ३ – नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोला नजिकै पहिरो खस्दा आज बिहानै बाट सडक अबरुद्ध वनेको छ । पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अबरुद्ध भएको हो । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोला नजिकै आज बिहान ४ः१५ बजे पहिरो खसेको पहिरोले सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
    बिहानै बाट पहिरो पन्छाउने काम जारि रहेको भएपनि चट्टानको ठूलो थुप्रो सडममै खसेका कारण अझै केही घन्टा समय लाग्न सक्ने पहिरो खसेेेेेको ठाउ बाट सामाजिक अगुबा श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै चल्ने दुबै तर्फका सयौ मालबाहक तथा निजि सवारी साधनहरु रोकीएका छ्न ।

ताजा समाचार