होमपेजचितवन विशेषभरतपुरमा परिक्षणका क्रममा अर्घाखाँचीका ३ संक्रमीत पुष्ठि

भरतपुरमा परिक्षणका क्रममा अर्घाखाँचीका ३ संक्रमीत पुष्ठि

चितवन , असार ३ – चितवन भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा मङलबार गरिएको पिसिआर परिक्षणमा ३ जना संक्रमीत भेटिएका छ्न । प्रयोगशालाले अर्घाखाची , नबलपरासी र चितवनका विभिन्न क्षेत्र बाट ल्याइएका २५५ नमुना मध्ये ३ जना पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो । परिक्षणका क्रममा भुमिकास्थान- अर्घाखाची वस्ने २७ र १८ बर्षका पुरुष र मालारानी-अर्घाखांची वस्ने १९ बर्षका पुरुष गरि जम्मा ३ जनामा कोभिड-१९ पुष्ठी भएको हो ।मङलबार अर्घाखांची बाट २०० ,देवचुली नगरपालिका नबलपरासी बाट ५२ , सी.एम.सी अस्पताल बाट २ , भरतपुर कोभिड-१९ ल्यावमा १ गरि जम्मा २५५ नमुना परिक्षण गरिएको भरतपुर अस्पताल जनाएको छ ।

ताजा समाचार