होमपेजताजा समाचारहोशियार ! जोर बिजोरको कारण प्रहरीको फन्दामा परिएला

होशियार ! जोर बिजोरको कारण प्रहरीको फन्दामा परिएला

चितवन , असार , २ – चितवन जगतपुरका सरोज थापा आफ्नो अस्टेलियामा रहेको छोरा लाई बैक मार्फत कलेजको फि जम्मा गर्न नारायणगढ आउदै थिए हाकिम चोकमा रहेको प्रहरीले उनको मोटर साइकल त्यही रोक्यो , उनको मोटर साइकल को नम्बर बिजोर भएको भन्दै चाबी खोसे पछि मात्र थाहा भयो कि आज जोर बार मोटर साइकल पनि जोर नम्बर भएकै चलाउन पाइने रहेछ , कलेजको फिस तिर्न आज अन्तिम दिन भएको भन्दै उनले पटक पटक मोटर साइकलको चाबीका लागि बिन्ती गरे तर प्रहरीले एकैछिनमा ट्रकमा राखेर मोटर साइकल जिल्ला प्रशासन कार्यालय लग्यो ।

उनी मात्र हैन मङलबार दिउँसो बिजोर नम्बर भएका सबारी साधनका चालकहरुले उस्तै अबस्था खेप्नु पर्यो । सरकारले असार एक गते बाट लकडाउन खुकुलो बनाउने भनेको भए पनि निजि सबारीका साधनहरु जोर बिजोर प्रणाली लागू गरे पछि भरतपुर नारायणगढ्का चोकहरुमा चालकहरु र सुरक्षाकर्मी बिच जुहारी देखिन थालेको छ । अत्यावश्यक कामका लागि निस्कन परेको र आफ्नो बाध्यता बुझिदिन अनुरोध गर्दा पनि सुरक्षाकर्मिले नसुन्ने गरेको चालकहरुले गुनासो गरेका छ्न । कोरोनाको यस्तो प्रकोपको बेलामा बिनाकाम आफुहरु सडकमा ननिस्केको बताउदै उनिहरुले वैकल्पिक अर्को नम्बरको सवारी साधन पनि जोहो गर्न मुस्किल भएको बताएका छ्न ।

अस्पतालको बिरामी भेट्न , बैक जान समेत नपाउने र पछि सबारी साधनको जरिवाना समेत काटेर बल्ल साधन फिर्ता पाउने भएपछी उनिहरु रुष्ट बनेका हुन । तर डिउटीमा रहेका सुरक्षाकर्मीले भने सरकारले गरेको निर्णय पालना गर्नु सबैको कर्तव्य भएको र सोही नियम पालन गराउन आफुहरु लागिपरेको बताएका छ्न । प्रहरीले मंगलबार भरतपुर नारायणगढ क्षेत्रमा गते अनुसारको सबारी साधनको नम्बर जोरबिजोर नमिलेका मोटर साइकल नियन्त्रण लिएको जनाएको छ ।

ताजा समाचार