होमपेजताजा समाचारमलेशियामा रहेका नेपालीको पीडा : न घर आउन सक्ने न त्यहा बस्न...

मलेशियामा रहेका नेपालीको पीडा : न घर आउन सक्ने न त्यहा बस्न पाउने !

चितवन , असार ,१ – नेपालमा दैनिक रुपमा कोरोना संक्रमण बढ्नुको मुख्य कारण फितलो लकडाउन भएको मलेशियामा रहेका नेपाली युबाहरुले बताएका छ्न । सरकारले आग्रह गरेको लकडाउनको समयलाई ब्यवास्ता गरेको कारण कोरोना संक्रमीत दैनिक रुपमा बढदै गएको बताएका हुन । चितवन माडी घर भै रोजगारीका लागि मलेशियामा रहेका युबा हरि रानाभाट्ले बिदेशमा भएको लकडाउन साच्चिकै लकडाउन भएको र नेपालको लकडाउन सुरक्षाकर्मी र प्रशासनको आँखा छल्ने लकडाउन भएका कार नेपालमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या अनेपेक्षित रुपमा बढेको उनको भनाइ छ । मलेशियामा गत मार्च १८ तरिक बाट मे ४ तारिक सम्म पुर्ण लकडाउन भएका कारण मलेशिया सुरक्षीत भएको उनको भनाइ रहेको छ । मलेशियामा मे ४ तारिक लकडाउन खुले सगै अहिले करिब ९५ प्रतिशत कम्पनीहरू खुलिसकेको उनको भनाइ रहेको छ ।खुलेका कम्पनीहरुमा पुणरुपमा साबधानि अप्नाएर कम्पनीहरूमा काम चलेको तथा मलेशिया सरकारले भने अनुरुप सामिजिक दुरि लगायत का बिधिमा सो देशका नागरिक तथा रोजगारीका लागि त्यहा रहेका अन्य देशका नागरिक सजग भै काम गरिरहेको छ्न ।कोरोना भाइरस पाछी त्यहा भएको लकडाउनका कारण धेरै नेपालीहरुले रोजगारी गुमाएको साथै लकडाउन र त्यस पछिको पनि अझै सामान्य हुन नसकेको भाटको भनाइ छ ।नेपाल सरकारले हवाई भाडा तिनगुना बढाएपछि टिकट काटेर देश फर्किनुपर्नेहरुको अबस्था अत्यन्तै दयनिय बनेको त्यहा रहेका नेपालीहरुले बताएका छ्न । जागिर गुमेर तथा भिसा सकिएकाहरु लाई नेपाल फर्कनका लागि टिकट दिने धेरै कम्पनीहरुले पनि अहिले टिकट दिन नसक्ने र ब्यबसायिक उडान खुलेपछि मात्र टिकट दिन्छौ भनेपछी घर फर्कन चाहानेहरुको अबस्था पनि असमान्य बनेको रोजगारीका लागि मलेशिया पुगेका नेपालीहरुको भनाइ रहेको छ ।

ताजा समाचार