होमपेजचितवन विशेषभरतपुर प्रयोगशालामा थप ७ जना संक्रमीत भेटिए

भरतपुर प्रयोगशालामा थप ७ जना संक्रमीत भेटिए

चितवन , असार , १ – चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आइतबार गरिएको परिक्षण मध्ये ७ जनामा कोरोना पोजेटिभ भेटिएको छ । प्रयोगशालामा ल्याइएको ३८१ नमुना मध्ये चितवन लगायत नबलपरासी, नुवाकोट, अर्घाखाँची जिल्लाका संक्रमीत पहिचान भएका हुन ।चितवनको भरतपुर अस्पताल लगायत सल्यान , अर्घाखाँची , नुवाकोट लगायतका स्थान बाट प्राप्त ३८१ नमुना मध्ये ७ जनामा कोरोना पोजेटिभ पुष्ठि भएको भरतपुर अस्पतालले जनाएको छ । आज पहिचान भएका सन्क्रमितहरुमा भरतपुर महानगरपालिका १४ चिनवन वस्ने वर्ष ३६ की महिला,नवलपुर वौदीकाली ४ वस्ने वर्ष २० का पुरुष,ताराकेश्वर ५नुवाकोट वस्ने वर्ष ६ र वर्ष ३१ का महिला ,भुमिकास्थान ६ अर्घाखाचि वस्ने वर्ष २० ,वर्ष ३५ र वर्ष ३५का पुरुष गरि जम्मा ७ जनामा कोरोना पुष्ठी भएको हो भने बाकि ३७४ जनाको नमुना पिसिआर परिक्षण नतिजा नेगेटिभ रहेको जनाइएको छ ।

ताजा समाचार