चितवन , जेठ , ३२ – चितवनको माडीमा आज आइतबार साँझ एक मृत अबस्थामा भेटिएका छ्न । माडी नगरपालिका वार्ड नम्बर ७ गोपालनगरका अन्दाजी २२ बर्षका गौरव थापाको शंकास्पद अबस्थामा मृत्यु भेटिएका हुन ।
युबाहरुको समुहले पोखरीबाट माछा निकालेर एक समूह साँझपख खाजा खाने क्रममा विवाद भै उनको हत्या भएको हुन सक्ने स्थानीयबासीहरुले बताएका छ्न । थापाको शव पोखरी छेउमा भेटिएको स्थानीयबासीहरुको भनाई छ । मृतक थापाको शव अहिले माडी स्थित बघौंडा अस्पतालमा रहेको छ भने लास पोष्टमार्टमका लागि भरतपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको भए पनि घटनाको अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय माडी बसन्तपुरले जनाएको छ ।