होमपेजताजा समाचारपुल विवादका लागि भारतिय पक्षको नया प्रस्ताव

पुल विवादका लागि भारतिय पक्षको नया प्रस्ताव

ठोरी, जेष्ठ ३२ – पर्साको ठोरी गाँउपालिका २ र ३ लाई जोड्ने ठुटेखोला पुल विवाद समाधानको लागि भारतीय पक्षले नयाँ प्रस्ताव राखेको छ । भारतीय पक्षले नेपालले पुरेको कुलोको बिकल्पमा पुलमुनीबाट दशगजा अन्तर्गत भारतीय भुमी तर्फ नै दुई वटा नयाँ कुलो बनाएर पानी लै लैजान दिन प्रस्ताव राखेको छ ।

पुल विवाद समाधान गर्नका लागि दुबै देशका स्थानीय जनप्रतिनिधिबीच आज (आइतबार) भएको छलफलको क्रममा भारतीय पक्षले यस्तो प्रस्ताव राखेको हो । भारतीय पक्षबाट छलफलमा सहभागी सिमावर्ती धमौरा पन्चायतका मुखिया राम बिहारी महतोले पुरिएको कुलोको विकल्पमा पुलमुनीबाट दशगजा अन्तर्गत भारतीय भुमी तर्फ नै दुई वटा नयाँ कुलो बनाएर पानी लैजान दिन नेपाली पक्षसँग अनुरोध गरे।

यद्दपी शुरुमा भारतीय पक्षले साबिकको कुलोसँगै पुलमुनीबाट थप कुलो बनाएर पानी लैजान दिन प्रस्ताव राखेको थियो । तर नेपाली पक्षको भारतको उक्त प्रस्ताव अस्वीकार गरेको ठोरी २ का वडाध्यक्ष किशोर तामाङले एटुजेड समाचारलाई जानकारी दिए । “शुरुमा भारतले साबिकको ठाँउबाट एउटा र पुलमुनीबाट थप एक कुलो लैनाजे प्रस्ताव राखेको थियो उनले भने, तर उक्त प्रस्ताव हामीले अस्वीकार गर्‍यौं । दुई तिरबाट कुलो लैजान खोजियो भने अहिले पानी लैजान दिएको एउटा पनि पुर्दिन्छौं भनेपछि उनिहरुले साबिकको कुलो पुरेर दुई वटै कुलो पुलमुनीबाट लैजाने प्रस्ताव राखेको छ ।”

भारतको प्रस्तावको बिषयमा स्थानीय छलफल गरेर मात्र निर्णय लिइने तामाङले बताए । “भारतीय पक्षले राखेको प्रस्तावको बिषयमा स्थानीयसँग छलफल गर्छौं उनले भने, स्थानीयसँगको छलफलमा जे निर्णय हुन्छ त्यही अनुसार हामी अघी बढ्छौं ।” भारतले राखेको प्रस्तावको बिषयमा सोमबार ठोरी १,२ र ३ का वडाध्यक्षहरुबीच छलफल हुने र त्यसपछि स्थानीयसँग छलफल गरिने उनले बताए । उनका अनुसार पछिल्लो समय भारतीय पक्ष केही लचिलो देखिएको छ । छलफलमा सहभागीहरुले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न दुबैपक्ष आग्रह गरेका थिए ।

ठोरी गाउँपालिका २ र ३ लाई जोड्ने १०२ मिटर लामो पुल छ करोड ९७ लाख २१ हजार लागतमा ३ वर्ष अघि नै निर्माण भएको थियो । पुलको पुर्व तर्फ भारतीयले सिचाईको लागि प्रयोग गर्दै आएको कुलोमा कल्बर्ट हाल्ने वा पुर्ने भन्ने अन्यौलाताका कारण पुल संचालनमा आउन सकेको थिएन । तर जेष्ठ १० गते १,२ र ३ नं वडाका वडाध्यक्ष, जिल्ला समन्वय समितिका उपाध्यक्ष, ३ वटै वडाका राजनैतिक प्रतीनीधि, हुलाकी सडक निर्माण कन्स्ट्रक्सनका प्रतीनिधी ,सुरक्षा निकायका प्रमुखहरु र युवाहरुको बैठकले पुलको पुर्व तर्फ २ वटा कल्बर्ट बनाएर पुल संचालनमा ल्याउने सहमती गरेका थिए ।

उक्त सहमतीपछि हलाकी सडक परीयोजना काम शुरु गरेको थियो । जसअन्तर्गत एउटा कुलोम पुरेर जेष्ठ १४ गतेबाट नै पुल संचालनमा आएको थियो । तर भारतीय पक्षले अवरोध गरेपछि पुल संचालनमा फेरी समस्या भएको थियो ।

ताजा समाचार