होमपेजचितवन विशेषमाडीमा १७ शैयाको आइसोलेशन वाड तयार , संक्रमीत बिरामीको खानाको लागि स्थानीयको...
माडीमा १७ शैयाको आइसोलेशन वाड तयार , संक्रमीत बिरामीको खानाको लागि स्थानीयको सहयोग

चितवन जेठ ३२, चितवनको माडीमा पुष्ठि भएका कोरोना भाइरस सङ्क्रमितहरु लाई माडी नगरपालिकाले व्यवस्थापन गरि उपचार शुरु गरेपछि उनिहरुको लागि आबश्यक पौष्टिक खाना स्थानियहरुले सहयोग गरेका छ्न । नगरपालिकाले माडी क्याम्पसमा आइसोलेसन कक्ष निर्माण गरी सङ्क्रमितको उपचार सुरु गरेपछी नगरपालिकाको काम लाई सहयोग हुने उदेश्यले स्थानियबासी र संघ सस्थाले पौष्टिक खानाको प्रबन्ध गरेका हुन । आइसोलेशनमा राखिएका ७ जना लाई दैनिक आबश्यक हुने खाधान्न लगायतको सहयोग सामाजिक अभियन्ता श्रीप्रसाद दवाडी , स्थानिय लोक बहादुर तथा अमृता क्षेत्री , माडी क्याम्पस , होटल ब्यबसायी संघ माडी , मालपोत कार्यालय माडी लगायतले सहयोग गरेका हुन ।
माडी क्याम्पसमा स्थापना गरेको आइसोलेसन १७ बेड तयार भै सकेको र ३० बेडको आइसोलेसन तयार गर्ने अभियानमा सुरु गरिएको माडी नगरपालिकाले जनाएको छ । माडीमा क्वारेन्टिन तथा आइसोलेसन निर्माण गर्न बसन्तपुर युथ क्लवले अग्रणी भुमिका खेलेको जनाइएको छ ।
माडिमा बिरामीहरु लाई सिसी क्यामेराको निगरानीमा राखिएको छ भने चिकित्सकसहितको स्वास्थ्य टोली सोही स्थानमा तयारी अवस्थामा राखिएको छ । सङ्क्रमित दीर्घरोगी भएर ज्वरो आएमा भरतपुर अस्पतालको आइसोलेसनमा पठाउने गरिएको भए पनि अन्यलाई माडीमै राखेर उपचार गरिने माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले बताउनु भयो । नगरपालिकाले स्वाब परीक्षणका लागि किट आफैँले खरिद गर्न शुरु गरेकोले पहिलो चरणमा २०० पिसीआर किट खरिद गरिएको मेयर ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा किट खरिदका लागि रु १० लाख रुपैया विनियोजन गरिएको हो ।
माडी नगरपालिकामा स्थापना गरिएका १२ क्वारेन्टिनमध्ये पाँच वटामा २३४ जना ब्याक्तिहरु रहेका छन् । नगरपालिकाको तथ्याङ्कअनुसार भारतमा मात्र दुई हजार ८०० माडीवासी रहेका छन् भने तेस्रो मुलकमा यो संख्या एक हजार ४ सय रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जानकारी दिनुभयो ।