होमपेजचितवन विशेषबिधेयक पारित भएपछी चितवनमा दिप प्रज्वलन

बिधेयक पारित भएपछी चितवनमा दिप प्रज्वलन

चितवन , जेठ , ३१ – कालापानी, लिपुलेक समेटेर बनाएको नयाँ नक्सा निशान छापमा समेट्नका लागि नेपालको संविधान दोस्रो संशोधन विधेयक आज संसदबाट पारित भए पछि चितबनमा दिप प्रज्बलन गरिएको छ । एतिहासिक दिन भन्दै मदन भण्डारी फाउण्डेशनको आयोजनामा भरतपुरको चौबिसकोठीमा गरिएको कार्यक्रममा आज पारित भएको नेपालको नक्सामा दिप प्रज्बलन गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा प्रर्देश साम्सद बिजय सुवेदी , मदन भण्डारी फाउन्डेशका चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई लगायतले नेपाल र नेपालीका लागि आजको दिन एतिहासिक रहेको बताएका छ्न । कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका पदाधिकारी लयायत स्थानियहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार