होमपेजचितवन विशेषपुर्वशिक्षामन्त्री तथा नेकपा नेता धनिराम पौडेलको प्रथम स्मृति दिवस मनाइदै

पुर्वशिक्षामन्त्री तथा नेकपा नेता धनिराम पौडेलको प्रथम स्मृति दिवस मनाइदै

चितवन, जेठ ३१  – पुर्व शिक्षामन्त्री तथा नेकपा नेता धनिराम (डिआर) पौडेलको निधन भएको आज एक बर्ष पुगेको छ । गत बर्ष जेठ ३१ गते आजकै दिन माडी नगरपालिका ५ स्थित आफ्नै निवासमा हृदयघातका कारण उहाँको निधन भएको थियो । पौडेलको प्रथम स्मृति दिवसका दिन आज शनिबार माडी नगरपालिका ५ स्थित निवासमा उहाँको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ भने बर्तमान कोरोना संक्रमण जोखिमका स्थितीलाई मध्यनजर गर्दै दिउँसो ४ बजे अनलाइन ( भर्चुअल) सम्बोधन मार्फत नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नुृहुने कार्यक्रम रहेको जनाइएको छ । सम्बोधन मार्फत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत केन्द्रीय नेताहरुले श्रद्धान्जली अर्पण गर्ने पुर्वनिर्धारीत कार्यक्रम रहेको जनाइएको छ । पहिलो पटक माडी क्षेत्र बाट बिशिस्ट पदमा रहेर समग्र देशको शैक्षिक बिकासका लागि पौडेलको अतुलनीय योगदान रहेको छ ।

ताजा समाचार