होमपेजचितवन विशेषमाडीका कोरोना संक्रमितहरु भरतपुर कोरोना अस्पताल आएनन

माडीका कोरोना संक्रमितहरु भरतपुर कोरोना अस्पताल आएनन

चितवन , जेठ ३० – चितवन माडी नगरपालिकाको रमाइलोडाँडास्थित क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका संक्रमितहरुलाई माडीमै उपचार गरिने भएको छ । भरतपुर कोरोना बिशेष अस्थाही अस्पतालमा राम्रो ब्यबस्थापन नभएको भन्दै कोरोना अस्पतालमा रहेका बिरामीले गुनासो गरेपछि आज पुष्ठि भएका बिरामिको माडीमै उपचार गरिने भएको हो । भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणबाट आज थप ८ जनामा कोरोना संक्रमण देखिएकोमा १ जना बाहेक अरु सबैको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशन केन्द्रमा राखी राखी उपचार गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताउनु भयो । माडीमा कोरोना संक्रमितहरुको उपचारका लागि ३० बेडको आइसोलेसन कक्षको व्यवस्था भइसकेको र बघौंडा अस्पतालमा २ बेड आई.सि.यु. समेत जडान हुन लागेकाले संक्रमितहरुलाई माडीमै उपचार गरिने मेयर ढकालको भनाइ छ । उहाले एक जनामा ज्वरो देखिएकोले उनलाई भरतपुर पठाउन लागिएको बताउनु भयो ।यसअघि माडीको क्वारेक्न्टिनमा बसेका संक्रमण पुष्टि भएका ६ जना भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसन कक्षमा रहेकोमा बिरामीहरुले अस्पतालमा सरसफाई, खानपिन र अन्य सुविधाहरु राम्रो नरहेको भन्दै आक्रोश पोखेका थिए । हाल माडी नगरपालिकाभर २२८ जना क्वारेन्टिनमा रहेका छन ।

ताजा समाचार