होमपेजUncategorizedएकैदिन थपिए ४ सय ४८ कोरोना संक्रमीत !

एकैदिन थपिए ४ सय ४८ कोरोना संक्रमीत !

चितबन  , जेठ ३० – नेपालमा पछिल्लो २४ घण्टामा चार सय ४८ कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये चार सय २४ जना पुरुष र २४ जना महिला रहेका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ४८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। नेपालमा हालसम्म ८ सय ७७ जना उपचारपछि निको भएका छन्।

ताजा समाचार