होमपेजचितवन विशेषकोरोना अस्पतालको गुणस्तरहिन सेबा भन्दै बिरामीहरु आक्रोशित , थप संक्रमितहरु अस्पताल आउन...

कोरोना अस्पतालको गुणस्तरहिन सेबा भन्दै बिरामीहरु आक्रोशित , थप संक्रमितहरु अस्पताल आउन मानेनन

चितवन, जेठ ३० – स्थापना भए सगै बिबादित बनेको चितवन भरतपुर स्थित कोरोना विशेष (अस्थायी) अस्पतालको सेबा गुणस्तरहिन भएको भन्दै कोरोनाको उपचारमा बसेका बिरामीहरु आक्रोशित भएका छ्न । संक्रमीत बिरामीहरुले अस्पतालको सेबा तथा खाना, सरसफाई र अन्य आधारभूत सेवाहरु गुणस्तरहीन रहेको गुनासो गरेका हुन ।

चितवन माडीका एक कोरोना संक्रमीत बिरामी ले सामाजिक सञ्जालमा अस्पतालभित्रको भिडियो फेसबुकमा पोष्ट गरे पछि अस्पतालको अबस्थाका बारेमा जानकारी सार्बजनिक भएको हो ।संक्रमितहरुले अस्पतालमा आफूहरुलाई राखिएको आइसोलेशन वार्डको भुइँमा शौचालयबाट निक्लेको फोहोर पानी बगेर ताल परेको, गुणस्तरहीन खाना दिने गरेको, सामाजिक दुरीमा राखिएका ५ जनाको लागि एउटा मात्र स्ट्याण्ड पंखा दिइएकाले गर्मीले बस्नै नसकिने भएको तथा अन्य मानबिय आधारभूत आबश्यकता समेत पूरा गर्न अस्पतालले ध्यान दिन नसकेको बिरामीहरुले गुनासो गरेका छ्न ।

यसैबिच चितवनको माडी क्वारेन्टिनमा रहेका थप ८ जनामा कोरोना संक्रमण देखिएको भए पनि भरतपुर कोरोना बिशेष अस्पतालको कमजोर सेबा सुबिधाका कारण अस्पताल आउन दुबिधामा रहेको स्थानियहरुले बताएका छ्न । कोरोना अस्पताल आइसोलेशनमा रहेका बिरामीको पछिलो अबस्था जानकारीमा आएपछी थप संक्रमितहरुम भय सिर्जना भएको हो । कोरोना अस्पताल स्थापना देखि नै बिबादमा आएको छ भने अस्पतालको सामान चोरीको बिसय लाई लिएर केही समय अगाडी अख्तियारले कागजात नियन्त्रणमा लिएको थियो भने अस्पतालले गरेको भौतिक निर्माण तथा सामान खरिदमा गरिएको खर्च अस्बभाबिक देखिएको छ । हाल कोरोना अस्पतालमा माडी नगरपालिका भित्रका ६ जना र अन्य गरि ३५ जनाले उपचार गराइ रहेका छ्न ।

ताजा समाचार