Home चितवन विशेष चितबन माडीका थप ८ जनामा कोरोना संक्रमण पुष्ठि

चितबन माडीका थप ८ जनामा कोरोना संक्रमण पुष्ठि

0

चितवन ,  ३० जेठ – चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर स्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज (शुक्रबार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । आज पुष्टि भएका कोरोना भाइरस संक्रमितहरु सबै माडीमा रहेको क्वारेन्टिनमा बसी रहेका ब्याक्तिहरु रहेका छन् ।

यस अघि गत सोमबार माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ भने माडी नगरपालिका भित्र मात्र १४ जना संक्रमीत पुगेका छ्न ।