होमपेजताजा समाचारकार्यालय दुई सिफ्ट्मा संचालन हुदै, मोटरसाइकलमा एकजना मात्रै चढन पाइने ।

कार्यालय दुई सिफ्ट्मा संचालन हुदै, मोटरसाइकलमा एकजना मात्रै चढन पाइने ।

काठमाण्डौं, जेठ २९ – सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो । असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् ।

यसैबिच सरकारले उपत्यका भित्र जोर विजोर प्रणाली लागू गरेर निजी सवारी साधन चल्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिनुभएको हो । मोटरसाइकलको हकमा एक जना मात्र यात्रा गर्न पाउने र गाडीमा चालक बाहेक दुई जना बसेर यात्रा गर्न पाइने निर्णय गरिएको बताउनु भयो ।

ताजा समाचार