होमपेजचितवन विशेषसमाचार प्रति सांसद पोख्रेलको आपत्ती , घरभाडा नलिएको भनाइ ।

समाचार प्रति सांसद पोख्रेलको आपत्ती , घरभाडा नलिएको भनाइ ।

चितवन, जेठ २९–चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले आफूले घरभाडा वापतको सुविधा सरकारबाट नलिएको स्पष्ट पारेका छन् ।
सांसद पोखरेल प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति पनि हुन् । संघिय संसदको पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्वन्धी ऐनमा घरभाडा वापतको सुविधा दिने भनि उल्लेख गरेको छ । ऐनको दफÞा ६ (१) मा काठमाण्डुमा घर नहुने पदाधिकारी र सदस्यलाई आवास भत्ताको प्रवन्ध गरेको छ भने ६(२)ले काठमाण्डौमा घर हुनेलाई आवास भत्ताको आधा आवास मर्मत खर्च भनि दिने प्रवन्ध गरेको छ । यसैले आफ्नो घर भएको तर आफू सभापति भएकै कारण घर मर्मत खर्चवापत आधा रकम बुझ्दै आएको पोखरेलले बताए ।
चितवनपत्रसँग उनले भने–‘ अहिले पदाधिकारी अर्थात् सभापतिहरूको आवास भत्ता २५ हजार छ सय आठ रुपियाँ छ, मैले २०७५ साल असोजदेखि नै आधा मात्र लिदै आएको छु, जसको प्रमाण मसँग छ ।’
आफ्नो परिवारले टोखा नपामा घर किन्ने बित्तिकै २०७५ आश्विन महिनादेखि नै आवास भत्ता वापतको रकÞम नलिएको पनि उनले स्पष्ट पारे ।

चितवनबाट निर्वाचन जितेपछि आफ्नो क्षेत्रका गतिविधि र विकास निर्माणमा तदारुकताका साथ समय दिइराखेको पोखरेलको भनाई छ ।
आफूले निर्वाचन लडिरहदा तत्कालिन दाहाखानी गाविस कार्यलयमा विजुली पनि नपुगेको स्मरण गर्दै पोखरेलले भने–‘काउलेको हात्तीबाङ्गमा त्यतिबेला विजुली थिएन, चण्डीभन्ज्यांगमा ३० घरमा पनि विजुली थिएन, आज ती क्षेत्रहरूमा विजुली पु¥याइएको छ ।’
साविक चण्डीभन्ज्यांग गाविसमा ५०० मिटर मोटर वाटो नभएकोमा अहिले आफ्नै सक्रियतामा २० किलोमीटर जति मोटरवाटो पुगेको उनले बताए । भोर्ले दाहाखानी वाटोमा वर्षेनी रकÞम विनियोजन भई युद्ध स्तरमा काम भइरहेको बताउँदै उनले यस वर्ष पनि तीन करोड़ वजेट विनियोजन भएको जानकारी दिए ।
यसैगरी ७८ करोड रुपियाँमा शक्तिखोर–फिस्लिङ वाटोको काम भइरहेको पनि उनले बताए । जलविरे ढुग्रे वाटोमा ३ करोड़ र वसेनी लामा टोल वाटोमा तीन करोड़ वजेट विनियोजन भई काम भइरहेको उनको भनाई छ । गैरावारी–उपरदाङगढी, चेरेस–लामीडाडा, विशाल चोक–गाईखर्क इच्छाकामना २– मैतेस थापाथली बाटो आफ्नै सक्रियतामा जोड्ने काम भएको उनले बताए । हातिवागमा स्वास्थ केन्द्र भवन वनिरहेको र महानगरका सवै वाडहरूमा वजेट विनियोजन भई बाँकी कामहरू भईरहेको पोखरेलको भनाई छ ।
संविधान सभाको निर्वाचन २०७० मा चितवन ३ वाट बिजयी भए पश्चात संविधान मस्यौदा समितीको सदस्यको रूपमा रहि न्यायपुर्ण संविधान लेख्ने काम गरेको पनि उनले स्मरण गरे । आफ्नै संयोजकत्वमा अपराध संहिता जस्तो नयाँ कानुन निर्माण गरेको उनको भनाई छ ।
संविधान सभाको निर्वाचनमा पत्रिकामा समाचार प्रकाशित भएको आधारमा नभै जनमतका आधारमा परिणाम आफ्नो पक्षमा आएको पनि उनले बताए ।
आफूसँग सम्बन्धित पारिवारिक कुरालाई अतिरञ्जित तरिकाले प्रस्तुत नगर्न उनको सुझाव छ । आफ्ना छोरीहरु योग्यता र क्षमताकै आधारमा डाक्टर भएको उनले बताए । ‘डाक्टर पढ्नका लागी चाहेर मात्र हुने होइन, उनीहरूको योग्यता क्षमतावाट विभिन्न जाँचहरू पास गरेर विश्वविद्यालयको नियम अनुसार तिर्नु पर्ने शुल्क तिरेर हुने हो । यस्तो मानवीय संवेदनशील विषय पनि कोट्याउनु आफैमा राम्रो कुरा होइन ।’ उनले भने ।

ताजा समाचार