होमपेजचितवन विशेषचितवनको माडीमा आइसीयु वार्ड र आइसोलेशन स्थापना गरिदै

चितवनको माडीमा आइसीयु वार्ड र आइसोलेशन स्थापना गरिदै

चितवन, जेठ २८–कोरोना संक्रमितको अबस्था लाई मध्यनजर गर्दै चितवनको माडी नगरपालिकाले माडिमा आइसियु वार्ड र आइसोलेशन स्थापना गर्ने भएको छ ।पछिल्लो केही दिन यता चितवनको माडीमा समेत कोरोना संक्रमीत बढ्दै गएपछी नगरपालिकाले २ वटा आइसीयु वार्ड स्थापना गर्ने भएको छ । माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा नगरस्तरीय कोरोना रोकथाम समन्वय समितिको बुधबार बसेको बैठकले बघौडा अस्पतालमा कम्तीमा पनि २ वटा आईसीयु वार्डको सिघ्र स्थापनाका लागि पहल गर्ने निर्णय गरेको हो ।
यस्तै सोही अस्पतालमा ३० वेडको आइसोलेशन समेत स्थापना गरिने भएको छ । माडीका ६ जनामा कोरोना संक्मण फेला परेको सन्दर्भमा जटिलस्थित हुन सक्ने भन्दै आवश्यक व्यबस्थापन थालिएको हो । माडी नगरपालिका जनस्वास्थ्य शाखा संयोजक शिब सुबेदीका अनुसार बिहीवार बाट लागु हुने गरी सुरक्षा व्यबस्था समेत कडाई गरिने भएको छ । नगरबाहिर जानआउन पुरै रोक लगाइने तथा नगरभित्रै पनि कडाई गरिने निर्णय गरेको छ ।
घर बाहिर अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने र निस्कने पर्ने भएमा खण्डमा अनिवार्य माक्सको प्रयोग गर्न अनुरोध गरिएको छ ।यस्तै माडी नगरपालिकाका क्वारेन्टाइनहरुको न्युनतम मापदण्ड कायम राखी थप व्यबस्थापनको काम समेत अगाडी बढाइने निर्णय गरिएको जनाइएको छ ।

ताजा समाचार