होमपेजचितवन विशेषभरतपुर वडा नम्बर ५ सिल

भरतपुर वडा नम्बर ५ सिल

चितवन, जेठ २८ – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ शिल गरिएको छ । वडामा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि आज बसेको बिपद् ब्यवस्थापन समितीको बैठकले वडा पूर्णरुपमा पाचँ दिनका लागी शिल गर्ने निर्णय गरेको हो ।

वडामा रहेका एक जना स्थानियमा कोरोना संक्रमण भइसकेको र संक्रमण अन्यत्र फैलन नदिन साथै रोकथाम तथा नियन्त्रणका लागि अर्को सूचना नआउँदासम्मलाई वडा क्षेत्रलाई पूर्णरुपमा सील गरिएको हो । वडा सिल गरिएको भरतपुर ५ का वडा अध्यक्ष पदमपाणी सुबेदीले जानकारी दिनुभयो । वडाभित्रका दुग्धजन्य पदार्थ स्वास्थ्य सेवा ,औषधी पसल ,भेटनरी र पशु आहार लगायतका अत्यावश्यक बाहेकका समपुर्ण सेवाहरु जेठ ३२ गते सम्मका लागी अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय गरिएको बताईएको छ ।वडा कार्यालयले वडाबासीहरु लाई आवश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध समेत गरेको छ ।

ताजा समाचार