होमपेजचितवन विशेषचितवनमा फेरि थपिए कोरोना संक्रमीत

चितवनमा फेरि थपिए कोरोना संक्रमीत

चितवन, जेठ २८ – चितवनमा फेरि ४ जना कोरोना संक्रमीत थपिएका छ्न । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा परिक्षण गर्दा थप ४ जनामा कोरोना संक्रमण भेटिएको हो । जेष्ठ २५ र २६ गते प्राप्त भएका नमुना मघ्ये १३७ वटा नमुनाको परिक्षणको क्रममा १३३ वटा नमुनाको नतिजा नेगेटिभ आएको हो भने बाकि ४ मध्ये नवलपरासी गैडाकोट नगरपालिका १३ र १४ वस्ने बर्ष २३ र वर्ष २६का पुरुषको कोरोना पोजेटिभ पुष्ठी भएको छ ।
त्यसैगरी परिक्षण कै क्रममा चितवन कालिका -६ जुटपानीका वर्ष २० का पुरुष र भरतपुर -५ वस्ने वर्ष २८ का पुरुषमा पनि कोरोना पोजेटिभ पुष्ठी भएको अस्पतालले जनाएको छ । यस अघि चितवनमा गरिएको परिक्षणमा सोमबार चितवन , नवलपरासी र धादिङमा गरि ३० जनामा कोरोना संक्रमण भेटिएको थियो ।

ताजा समाचार