होमपेजUncategorizedसुदुरपश्चिममा पहिलोपटक सुरक्षाकर्मीलाई कोरोना पुष्टि

सुदुरपश्चिममा पहिलोपटक सुरक्षाकर्मीलाई कोरोना पुष्टि

सुदुरपश्चिम प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ भएको छ ।

सेती प्रादेशिक अस्पताले सोमबार जारी गरेको सुचनामा कोरोना पुष्ठि भएका ३७ जना मध्ये ३ जना प्रहरी कञ्चनपुरमा कार्यरत प्रहरी रहेको बताइएको छ ।

दुई जना महिला र एक जना पुरुष गरी ३ जना प्रहरीमा कोरोना पोजिटिभ भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुबेदीले जनाउनुभएको छ।

कंचनपुरको भारतसँग जोडिएको सीमानाका गड्डाचौकीमा भारतबाट आउने नेपालीहरुको समन्वयका लागि खटिएको दुई जना र क्वारेन्टिन सुरक्षार्थ खटिएको एक जनालाई कोरोना पोजिटिभ भएको डिआइजी सुबेदीले बताउनु भयो। उहाँले कोरोना पोजिटिभहरुको महाकाली अस्पतालको आईसोलेशनमा उपचार भैरहेको जनाउनु भयो ।

-Dhangadi Khabar

ताजा समाचार