होमपेजचितवन विशेषचितबनमा फेरी थपिए कोरोना संक्रमित ।

चितबनमा फेरी थपिए कोरोना संक्रमित ।

चितवन, जेठ २६–चितवनको भरतपुरमा आजै सोमबार नै थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (सोमबार) गरिएको परीक्षणमा भरतपुरका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।संक्रमित हुनेहरुमा भरतपुर–२८ का ३५, ३५ र १७ वर्षीय पुरुष, भरतपुर २७ का १९ वर्षीया युवती, भरतपुर–२० का २३ वर्षीय पुरुष, भरतपुर–१९ का १९ वर्षीय पुरुष र भरतपुर–११ का २३ वर्षीय पुरुष रहेको स्रोतले जानकारी दिएको छ ।

ती सबै संक्रमित भरतपुरका क्वारेन्टिनमा रहेका छन् । यसअघि आजै मात्र चितवनका १७ जना अन्य ६ जना नबलपरासी र धादिंड.मा गरि जम्मा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टी भएकाहरुमा दुई जना चिकित्सक र एक जना नर्स समेत रहेका छन ।

ताजा समाचार