होमपेजचितवन विशेषचितबनमा कोरोना पुष्टि भएका २३ जना चितवन , नबलपरासी र धादिङ जिल्लाका 

चितबनमा कोरोना पुष्टि भएका २३ जना चितवन , नबलपरासी र धादिङ जिल्लाका 

चितवनमा २६ –  चितवनमा कोरोना संक्रमण पुष्टि भएका २३ जनामध्ये चितवनका १७, नवलपुरका ५, धादिङका १ जना रहेका बुझिएको छ ।
चितवनका संक्रमित मध्ये दुई जना नीजि अस्पतालका स्वास्थ्यकर्मी रहेका जनाइएको छ ।
त्यसैगरी नवलपुरका ६३ बर्षीय महिला र ३३, ३९, २१ र ४० बर्षीय पुरुष रहेका छ्न ।
स्वास्थ्य सस्थामा कलेज अफ मेडिकल साइन्सेसमा उपचाररत २५ बर्षीय पुरुष र ६६ बर्षीय महिलामा कोरोना संक्रमण भएको हो । त्यसैगरी भरतपुरमै रहेको

नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुर ३ का ६८ बर्षीय पुरुष( अवस्था जटिल तर स्थिर) रहेको बताइएको छ भने
भरतपुर क्यान्सर अस्पतालमा उपचाररत ६२ बर्षीय महिला( घर राजविराज ९) तथा
भरतपुर ६ र २१ का दुई जना महिला र दुई जना पुरुष रहेका छ्न । त्यसैगरी भरतपुर महानगरपालिका ४ की २१ बर्षीय महिला,
माडीको क्वारेन्टाइनका बसेका १४ बर्षीय महिला, ४६, २८, २४, ४१ र २० बर्षीय पुरुष भएको जनाइएको छ । धादिङ गजुरी ५ घर भएका ३२ बर्षीय महिला रहेको अस्पतालले जनाएको छ ।

ताजा समाचार