Home Banner मर्स्याङदी टोल बिकास संस्थाको १२औ साधारणसभा सम्पन्न

मर्स्याङदी टोल बिकास संस्थाको १२औ साधारणसभा सम्पन्न

0

चितवन , फागुन २७ – भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङदी टोल बिकास संस्थाको १२औ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको प्रमुख अतिथी वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणी काफ्ले रहनु भएको थियो भने बिशिष्ठ अतिथी वडा सदस्य अमृता गौतम लगायत रहनु भएको थियो । कार्यक्रममा संस्थाका सचिव नवीन रेग्मी द्वारा बार्षिक प्रगती प्रतिबेदन , लेखा संयोजक माधब रेग्मी द्वारा  २०७८ पुस १ गते देखि २०७९ माघ मसान्तसम्मको लेखा प्रतिबेदन तथा आय ब्यय प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रममा वडामा आयोजना गरिएको टोल बिकास संस्था सहभागी भै विभिन्न खेलकुद प्रतियोगितामा सहभागी तथा विजयी खेलाडी तथा सहभागीहरु लाई पुरस्कार बितरण तथा कदर पत्र र टोलमा सामाजिक भुमिका निर्वाह गर्ने विभिन्न ब्याक्तिहरु लाई सम्मान पत्र पर्दान गरिएको थियो ।साधारण सभाले कार्यसमितिका सदस्यहरुको पद हेरफेर समेत गरेको छ । संस्थाका अध्यक्ष केदारनाथ बोहरा ( दिनेश)  ले संस्थाले हाल सम्म भए गरेका बिकास निर्माणका काम र आगामी दिनमा गरिन लागेका कामका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका अध्यक्ष केदारनाथ बोहरा ( दिनेश)को सभापतित्वमा भएको कार्यक्रममा अप्सरा पौडेलले स्वागत मन्तब्य र संचालन  नविन रेग्मीले गर्नु भएको हो ।